Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्रीले महिला, ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्नुपर्छ : सांसद यादव

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट समानुपातिक रुपमा वितरण गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजना शिर्षकमा सुनसरीको एउटा निर्वाचन क्षेत्रमा मात्रै ९३ वटा योजना पारेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले एउटै निर्वाचन क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेकोमा आपत्ति जनाउँदै आफूलाई सो बजेटको किताव नै च्यातेर फाल्न मन लागेको प्रतिक्रिया दिए । आफू सांसद भएको र संसदीय मर्यादाका कारणमात्रै सो किताव च्यात्न नसकेको स्पष्टिकरण पनि सांसद यादवल पारे । उनले मन्त्रालयको बजेटलाई मन्त्रीहरुले व्यक्तिगत सम्पत्ति जसरी विनियोजन गर्न नमिल्ने पनि पटकपटक दोहो¥याए । सांसद यादवले व्यक्तिगत सम्पतीको रुपमा बजेट विनियोजन गर्ने मन्त्रीहरुलाई मन्त्री भन्न पनि लाज लागेर आउने गरेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्