Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्रीलाई भेटेर लगानीकर्ताले भनेः नयाँ स्टक एक्सचेन्ज तुरुन्तै चाहियो

Hyundai
NCELL
NIMB

काठमाडौं। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई सेयर लगानीकर्ताहरूले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर अनुमतिपत्र (लाइसेन्स) नरोक्न आग्रह गरेका छन्।  प्रधानमन्त्री दाहाललाई भेटी सेयर लगानीकर्ताले  नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न अनुरोध गरेको पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई भेटी पुँजीबजारको हालको स्थितिका बारेमा जानकारी गराउँदै ६ बुँदे माग प्रस्तुत गरेको जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा १२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिन लगानीकर्ताले अनुरोध गरेका छन्।

यस्तै, सेयर कर्जामा लगाइएको १ सय ५० प्रतिशतको जोखिम भारित औसतलाई सय प्रतिशत कायम, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रुपमा विभाजन गरी सोहिअनुरुप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था लगानीकर्ताले माग गरेका छन्।

सरकारले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि नबढाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्