Skip to content
Shikhar Insurance
National Life

प्रतिबोरा सिमेन्टको हजार पुर्याउने उद्योगिहरुको योजना, प्रत्येक उद्योगमा राखियो प्रतिनिधि

Hyundai
NCELL
NIMB

काठमाडौं ।  सिमेन्ट उद्योगिहरुले कार्टेलिङ सुरु गरेका छन् । प्रतिबोरा सिमेन्ट एक हजार रुपैयाँ पुर्याउने भन्दै सिमेन्ट उत्पादक कम्पनीहरु एकजुट भएका हुन् ।

आन्तरिक प्रतिस्पर्धामा उत्रिदा प्रतिबोरा ४५० मै सिमेन्टको मूल्य आइपुगेपछि व्यवसायीहरु एकजुट भएका हुन् । एक सिमेन्ट उद्योगिका अनुसार उद्योगहरुले प्रतिदिन एक हजार टन भन्दा बढी सिमेन्ट उत्पादन/बिक्री गर्न नपाउने गरि सहमति भएको छ । उद्यपी उद्योगको बिक्री र क्षमताको आधारमा प्रत्येक उद्योगका लागि छुट्टा-छुट्टै कोटा निर्धारण गरेको छ ।

यसरी निर्धारण गरेको कोटा कार्यान्वयन र विस्वासको वातावरणका लागि प्रत्येक उद्योगमा प्रतिनिधि राखिएको छ । यसरी राखेको प्रतिनिधिले भद्र सहमति अनुसार तोकेको कोटा भन्दा बढी सिमेन्ट उत्पादन र बिक्री गर्न रोक लगाएको छ ।

ती उद्योगिले सिंहदरबारसंग भने, “अस्वस्थ प्रतिस्पर्धा हुँदा कम मार्जिनमा काम गर्नुपर्ने स्थिति थियो, अहिले कम सिमेन्ट बिक्री गरेर धेरै नाफा हुने स्थित सिर्जना भएको छ, १० हजार टन बिक्री गर्दा नै २० हजार टन बिक्री गरेजती मार्जिन अहिले  बस्ने गरेको छ।”

प्रतिबोरा ६१० रुपैयाँमा पाइने पीपीसी सिमेन्ट अहिले ८३० सम्म पुग्न थालिसकेको छ । सिमेन्ट बिक्री हुने समय असोजदेखी असार सम्मका लागि मानिन्छ । सिमेन्टको मुख्य सिजनमै उद्यीहरुले कम उत्पादन गरेर धेरै नाफा लिने रणनिति बनाएका हुन् ।

निर्माण सामाग्रीको मूल्य अस्वभाविक वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरुले भने आन्दोलनको घोषणा गरेका छन् । निर्माण व्यवसायीहरुले बुधबार (माघ २ गते) पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् । निर्माण कार्यको मुख्य सिजनमै सिमेन्टको मूल्य अत्याधिक बढ्न थालेपछि उपभोक्ताहरु भन् चिन्तित बन्न थालेका छन् ।

नेपालमा सिमेन्टको डिमाण्ड भन्दा सप्लाई धेरै भएपछि उद्योगीहरु चिन्तित बन्दै आएका छन् । भारतमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने उदेश्य पनि ठिकठाक चलिर।हेको छैन । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिएपनि उल्लेख्य रुपमा भारत सिमेन्ट निर्यात हुन सकेको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्