Skip to content
Shikhar Insurance
National Life

प्रतिकित्ता २ सय ७० रुपैयाँमा युनाइटेड अजोडको डेढ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४ सय ११ कित्तिा, जुली चाचनको नाममा रहेको ४९ हजार ७ सय ५ कित्ता गरी कुल १ लाख ४९ हजार १ सय १६ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त सेयरको खरिद मूल्य प्रतिकित्ता न्युनतम २ सय ७० रुपैयाँ रहेको छ ।

सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सिटिसि मल सुन्धारा काठमाडौंमा के कति कित्ता खरिद गरि लिने हो सो व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा कुनै पनि सेयरधनीबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्