Skip to content
Shikhar Insurance
National Life

प्रतिकित्ता १ सय ८० रुपैयाँमा नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २१ हजार १३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ८० रुपैयाँ रहेको छ । सेयर खरिद गर्दा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ सूचनामा उल्लेख गरेको छ ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले आपवश्य कागजात संकलन गरी सूचना प्रकाशन भएको आज (पुस २२ गते देखि पुस १९ गते) सम्ममा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकृया अगाडी बढाउने छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्