Skip to content
Shikhar Insurance
National Life

प्रचण्ड पुगेपछि धुलिखेल जिपलाइनमा आकर्षण बढ्यो, राष्ट्रियसभा अध्यक्ष पनि पुगे

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना धुलिखेल पुगेर ‘धुलिखेल जिपलाइन’मा जिपलाइन खेलेका छन् ।

संसदिय रिपोर्टिङ गर्ने पत्रकारहरुकालागी आयोजना गरिएको एक कार्यक्रमको शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ ।

सिन्धुपाल्चोकका केदार थापा (३८बर्ष) (अध्यक्ष) र काठमाडौका भुपेश श्रेष्ठ (२९ बर्ष)ले वल्ड वाइड एड्भेन्चर प्रा लि मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका छन् ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्