Skip to content
Shikhar Insurance
National Life

प्रचण्डलाई राजेन्द्र लिङदेनको चुनौतीः लडाकु शिविर घोटाला काण्डको फाइल खोल्नुस्

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले लडाकु शिविर घोटाला काण्डको फाइल खोल्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिएका छन् । पार्टी निकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले भने–‘लडाकु शिविरको घोटाला उहाँकै शीरमाथि लागेको छ। फाइल खोलेर उहाँले आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर भ्रष्टाचारको डुंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइँदैन।’

उनले ठूला भ्रष्टाचार काण्डहरुका रुपमा लर्ज भएको लडाकु शिविर भष्टाचार काण्ड, वाइडबडी काण्डका फाइल खोलेमा राप्रपाले सहयोग गर्ने वचन पनि दिए । उनले नक्कली शरणार्थी प्रकरणलाई पनि विगतमा जस्तै बिचमै रोक्ने काम नगर्न चेतावनी पनि दिए । ‘लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउमा परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन्। म यहीँबाट सरकारलाई भन्न चाहन्छु–यो छानबिनको क्रम जसरी अगाडि बढेको छ। विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ लिङ्देनले भनेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्