Skip to content
Shikhar Insurance
National Life

‘प्रकोपपिडितलाई उद्दार तथा राहतको व्यवस्था गरी पूर्वाधार पुनर्निर्माण तत्काल गर्नु’

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी खड्काले बाढी पहिरो प्रभावितको उद्दार तथा राहतमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् । खड्काले राहत र उद्दारसँगै क्षतिग्रस्त सडक र पुलहरु मर्मत संभार गरी नागरिकहरुको जनजीवन सहजीकरण गर्ने आवश्यक व्यवस्था मिलाउन समिति सरकारका जिम्मेवार सम्वद्ध निकायहरुको ध्यानाकर्षण गराएकी हुन् ।

‘नेपालीहरुले महान पर्व दशैँ तिहार लगायत महत्वपूर्ण चाडपर्व मनाइरहेको अवस्थामा हालै वंगालको खाडी र मध्य भारतको उत्तरतिर सर्दै गरेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायू प्रणालीको संयुक्त प्रभावले नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशका महाकाली, सेती, कर्णाली लगायतका नदीहरुमा आएको बाढीका कारण विभिन्न स्थानका सडक तथा पुलहरु क्षतिग्रस्त भई केही नागरिकहरुको मृत्यु भएको, कतिपय वेपत्ता भएका, कतिपय घरवार विहीन भई ठूलो संकटको सामना गर्नु परिरहेको अवस्था छ,’ खड्काले भनेकी छन्, ‘मुलुकमा अचानक देखापरेको यो संकटपूर्ण अवस्थाप्रति समिति अत्यन्त मर्माहित भएको छ । संकटको यो घडीमा बाढी पहिरोबाट ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावितहरुको तत्काल उद्दार र राहतको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक र पुलहरु मर्मत संभार गरी नागरिकहरुको जनजीवन सहजीकरण गर्ने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकारका जिम्मेवार सम्वद्ध निकायहरुको ध्यानाकार्षण गर्दछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्