Skip to content
Shikhar Insurance
National Life

पौडेलको कार्यकाल सकिएसँगै निगम प्रमुखका लागि आवेदन माग, क-कसले दिन पाउँछन् ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल आयल निगमले कार्यकारी निर्देशक पद आवेदन माग गरेको छ । आइतबार सार्वजनिक सूचना जार्दै कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य व्यक्तिलाई २१ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

तीन वर्षे सेवा पूरा गरी सुरेन्द्र पौडेल बाहिरिएपछि हाल निगम प्रमुख पद खाली छ । निगम कार्यकारी निर्देशक पदका लागि पहिलो पटक खुला प्रतिस्पर्धाबाट निगम प्रमुख बनेका पौडेलको कार्यकाल पुस २२ गते सकिएको थियो ।

निगम प्रमुख बन्न निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको तथा व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने भनिएको छ । इच्छुकले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने छ । आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्