Shikhar Insurance
National Life

किन बढ्दैछ बीमा पोलिसी सरेन्डर ? ५ महिनामै ६ अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८१ पुष १५, सोमबार १८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्षको मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर बढेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को ५ महिनामा १४ जीवन बीमा कम्पनीका ४५ हजार ६० बीमितले ६ अर्ब १० करोड ७६ लाख ४२ हजारको बीमा सरेन्डर गरेका हुन् ।

पोलिसी सरेन्डरमा धेरै हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) परेको छ । नेपाल बीमा प्राधिरकणको तथ्याङ्क अनुसार एलआइसीको १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी सरेन्डर भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीको ५१ करोड ३२ लाख बराबरको ५ हजार ४ सय १० वटा बीमालेख सरेन्डर भएको छ । मेट लाइफको १७ करोड २३ लाख रुपैयाँ बराबरको १ हजार ५ सय १६ वटा बीमा सरेन्डर भएको छन् भने सानीमा रिलायन्स इन्स्योरेन्सको १० करोड ९५ लाख रुपैयाँ बराबरको ७ सय ८७ वटा सरेन्डर भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ४० करोड १४ लाख बराबरको ३ हजार ७ सय ५२ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड ११ लाख बराबरको २ हजार ५ सय ४१ वटा बीमालेख सरेन्डर भएको छ ।

नेपाल लाइफको १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको १० हजार ३१७ बीमितले बीमालेख सरेन्डर भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको २ हजार ४ सय ८८ वटा बीमालेख बन्द भएको छ ।

हिमालन लाइफको २८ करोड ३० लाख रुपैयाँ बराबरको ३ हजार ३३ वटा बीमालेख सरेन्डर भएका छन् भने आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड ४३ लाख रुपैयाँ बराबरको ७ सय ६३ वटा सरेन्डर भएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँ बराबरको १ हजार १ सय ८ वटा सरेन्डर भएको छ भने प्रभू महालक्ष्मी लाइफको ७ करोड ८० लाख रुपैयाँ बराबरको ५ सय ४९ वटा बीमालेख सरेन्डर भएको छ । रिलायबल लाइफ इन्स्योरेन्सको ४ करोड ४६ लाख रुपैयाँ बराबरको ७ सय ८ वटा बीमा सरेन्डर भएको छ ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख रुपैयाँ बराबर २ सय ९७ वटा बीमा सरेन्डर भएको छ । गत आर्थिक वर्ष २०७९/०८० को मंसिरसम्म ४४ हजार ७ सय ४४ बीमितले ५ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्