Skip to content
Shikhar Insurance
National Life

पोखरा फाइनान्सले गर्याे ४.२१ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । पोखरा फाइनान्सले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फाइनान्सको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्