Skip to content
Shikhar Insurance
National Life

पेट्रोल प्रतिलिटर ३ रूपैयाँ १६ पैसाले बढेर आयो

Hyundai
NCELL
NIMB

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएको हो ।

जसअनुसार पेट्रोलमा ३.१६ रुपैयाँ प्रतिलिटरले बढेर आएको निगमले जनाएको छ । त्यस्तै, डिजेलको भाउ भनेर घटेर आएको छ। जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ।

नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो।

त्यस्तै, डिजलबाट हुने नोक्सानी बढेर प्रतिलिटर १०.८३ रुपैयाँ पुगेको छ ।

आईओसीले हरेक १५र१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्