Skip to content
Shikhar Insurance
National Life

पेट्रोल चोरी गर्ने ट्याङकर कारवाहीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले नियम बिपरीत पेट्रोलियम पर्दाथ भारतबाट ल्याउने ट्याङकरलाई कार्बाही गरेको छ । निगमको भैरहवा कार्यालय अन्तर्गत भैरहवा बतालपूर–भैरहवा रुटमा रुटमा निगमको पेट्रोल ढुवानी गर्ने  एक्सप्रेस परिवहन सेवा प्रा. लि.को नाममा रहेको लु २ ख ४८३९ नम्वरको ट्याङकर रहेकाे छ ।

ट्याङकरले आगामी ३ महिनासम्म् इन्धन ढुवानी गर्न पाउने छैन् । ट्याङकर चालकले भने जीवनभर इन्धन ढुवानीको काम गर्न पाउने छैनन् ।

भैरहवा भंसार कार्यालयबाट चेकजाँच हुँदा उक्त ट्याङकरको क्षमता र इण्डियन आयल कर्पोरेशनको विलविजकमा उल्लेख भएको २० कि.लि. परिमाण भन्दा बढि परिमाण पेट्रोल ढुवानी गरेको पाइएकोले भैरहवा भंसार कार्यालयबाट उक्त ट्याङकरलाई नियन्त्रणमा लिई पेट्रोल चोरी पैठारी कसुरमा कारवाही अगाडि बढाएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्ति

GBIME

प्रतिक्रिया दिनुहोस्