Skip to content
Shikhar Insurance
National Life

पुस महिनामा १०३ अर्ब उठाउने आन्तरिक राजस्वको योजना, बैंकको नाफा घट्दा आयकरमा दबाब

Hyundai
NCELL
NIMB

काठमाडौं । पुस महसिनामा आन्तरिक राजस्व विभागले १ सय ३ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । सबैभन्दा धेरे राजस्व संकलन हुने महिना पुसमा विभागले महत्वकाँक्षी लक्ष्य लिएको हो ।

पुसमा राजस्व संकलनका लागि सबै तयारी पुरा गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले बताए । महानिर्देशक आचार्यले सिंहदरबारसँग भने, “हामीले राजस्व संकलनका लागि कुनै कसर बाँकी राखेका छैनौं, देशको आर्थिक अवस्थाले नै राजस्वलाई प्रभाव पार्ने भएकाले वाणिज्य बैंकहरुको नाफा घट्दा आयकरमा असर पर्ने देखिन्छ ।”

महानिर्देशक आचार्यका अनुसार विभागले बजार अनुगमनका लागि विभिन्न टोली बनाएर बजार पठाएको छ । साथै करदाता शिक्षा कार्यक्रमलाई पनि अघि बढाएको छ। यो पटक करदाता शिक्षा कार्यक्रम लक्षित वर्गमा मात्रै केन्द्रित गरेको महानिर्देशक आचार्यको भनाई छ ।  पारदर्शी कारोबार गर्दै आएका बैंक तथा वित्तिय संस्थाहरुको नाफामा गिरावट आउँदा अग्रिम आयकरमा समेत असर पर्ने देखनिन्छ ।

हाल बैंक तथा वित्तिय संस्थाको खराब कर्जामा बढोत्तरी हुँदै गएको छ । बैंक तथा वित्तिय संस्थाहरुको खराब कर्जा बढ्दा प्रोभिजनिङमा ठूलो रकम छुट्याउनु पर्ने बाध्यता बैंकिङ क्षेत्रलाई छ । यसरी ठूलो रकम प्रोभिजनिङमा छुट्याउँदा बैंकहरुले अग्रिम नाफाकर थोरै मात्रै तिर्नुपर्ने हुन्छ ।

आन्तरिक बजारमा माग नबढ्दा मूल्य अभिवृद्धि कर (भ्याट) पनि अपेक्षित रुपमा राजस्व संकलन भैरहेको छैन । मदिराजन्य, सुर्तिजन्य वस्तहरुमा प्रत्येक वर्ष कर वृद्धि गर्दा उल्टो राजस्व कम हुने स्थिति बनिरहेको छ ।

पुस महिना सबै भन्दा धेरै राजस्व संकलन हुने महिना हो । यो महिना अग्रिम आयकरतर्फ आयकर ऐन २०५८ अनुसार पुस महिनामा ४० प्रतिशत, चैत महिनामा ३० प्रतिशत र असार महिनामा ३० प्रतिशत रकम अनुमानित नाफाको अग्रिम कर तिर्नुपर्छ ।

यद्यपी आर्थिक ऐन २०८१ को दफा २३ र २४ ले पनि पुसमा कर संकलनलाई असर पार्ने देखिन्छ । सिमित कम्पनीहरुको फाइदाका लागि आर्थिक ऐनमा चलखेल हुदाँ विवरण बुझाउने म्याद फागुन मशान्तसम्म पुर्याएको छ ।

यसले पुसमा विवरण नबुझाउने कम्पनीहरुले जरिवानामा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्