Skip to content
Shikhar Insurance
National Life

पुष्पलाल दूरदर्शी नेताः मेटमणि चौधरी

Hyundai
NCELL
NIMB

घोराही । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले पुष्पलाल दूरदर्शी नेता भएको बताएका छन् ।

एकीकृत समाजवादी जिल्ला कमिटी दाङले शनिबार घोराहीमा आयोजना गरेको ४५औं पुष्पलाल स्मृति दिवसमा आयोजित भेलालाई सम्बोधन गर्दै चौधरीले उक्त धारणा राखेका हुन् ।

‘कम्युनिस्ट पार्टीको स्थापना गर्नेदेखि लिएर नेपाली समाजको विश्लेसन गर्ने कामसमेत पुष्पलालले गरे । त्यो समयमा गणतन्त्रको कुरा गर्ने उहाँ वास्तवमा दूरदर्शी नेता हो भन्ने कुरा अहिले पुष्टि भयो।’

पुष्पलाल सहकार्यका सुत्रधारसमेत रहेको बताउँदै दाङ क्षेत्र नं १ का संघीय सांसद चौधरीले भने, ‘कांग्रेस र कम्युनिस्टको सहकार्यबिना व्यवस्था फाल्न सकिदैन भन्ने पुष्पलालको मान्यता थियो । आखिर त्यो पनि पुष्टि भयो । आज पनि हेर्नुस् वामपन्थी र कांग्रेसकै सरकार छ ।’

समाजवादीका जिल्ला अध्यक्ष भुपबहादुर केसीको अध्यक्षतामा सम्पन्न स्मृति सभामा सभासद अनारकली मियाँ, तिलक केसी, वीरबहादुर केसी, मुकुन्द बहकरी, चिरञ्जीवी बुढाथोकी, सावित्रा रिजाल, राम प्रसाद गैरे लगायतले पुष्पलालको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण भने सचिव जानुका रेग्मीले गरेकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्