Skip to content
Shikhar Insurance
National Life

पुल्चोकस्थित जग्गाको भ्रमपूर्ण समाचारप्रति हिमालयन इन्टरप्राईजेजको ध्यानाकर्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन इन्टरप्राईजेज प्रालिले पुल्चोक ललितपुरस्थित जग्गामाथि केही समुहले अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरेकोप्रति आपत्ति जनाएको छ । कम्पनीको कित्ता नं. ४३ को ४–४–१–० रोपानी जग्गाको अनधिकृत हक कायम गर्ने प्रयास गरेकोमा आपत्ति जनाएको हो ।

उक्त जग्गा कम्पनी खरिदसंगै कम्पनीको सम्पत्तीको रुपमा आएको कम्पनीले जनाएको छ । उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्बन्धमा सर्वोच्च अदालतबाट विस २०५७/०२/३२ मा भएको फैसला एवं -सम्वत् २०५९ को रिट नं. २७९९) विस २०६२/०७/०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानून वमोजिम गर्न भनि भएको फैसला अनुरुप कारवाही हुँदा विस २०६६/०४/१२ मा वडा नं. ३ को कार्यालयबाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप विस २०६७/०९/२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको कम्पनीले जानकारी दिएको छ ।

सो जग्गा सम्बन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेतापनि उक्त जग्गा कम्पनीको कायम हुने भनी फैसला भईसकेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले सुचनामा भनिएको छ,’यस कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्बन्धित पक्षहरुलाई अनुरोध गर्नुका साथै सम्पूर्ण संचार मध्यमहरुले समेत सत्य तथ्य बुझी समाचार सम्प्रेषण गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्