Skip to content
Shikhar Insurance
National Life

पुबुदुले भनेः नेपालको कप्तान सन्दीप नै हुन्, मैले फेर्दिनँ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताए ।

उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनिएकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए । क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । दसानायकेले खेलाडीको वर्गीकरणका विषयमा भने आफूले सक्दो पहल गर्ने उल्लेख गर्दै विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने तयारी भइरहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्