Skip to content
Shikhar Insurance
National Life

पुँजी बजारको समस्यालाई तत्काल समाधान गर्छाै, बजारलाई गतिशिल बनाउँछौंः सरकार

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पुँजी बजारमा देखिएको गिरावटलाई तत्काल समाधान गर्ने बताएको छ । सरकारको न्युनतम साझा कार्यक्रममा पुँजी बजारलाई तत्काल गतिशिल बनाउने उल्लेख गरिएको हो ।  सरकारले आर्थिक, वित्तिय र मौद्रिक नीतिहरुको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट पुँजी बजारमा देखिएका समस्या समाधान गरि गतिशिल बनाउने बताएको हो ।

‘अर्थतन्त्रमा देखापरेको मन्दी, औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, लगानी जोखिम, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन, उच्च ब्याजदर, बढ्दो व्यापारघाटा, न्यून पूँजीगत खर्च, घट्दो राजस्व सङ्कलन तथा पूँजी बजारमा आएको गिरावटलगायतका समस्यालाई आर्थिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने । बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगत रूपमा पुनर्संरचना गर्ने ।’ सरकारले आफ्नो न्युनतम साझा कार्यक्रममा भनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्