Skip to content
Shikhar Insurance
National Life

पुँजीबजार विषयमा रिपोर्टिङ गर्ने पत्रकारका लागि प्रशिक्षण कार्यक्रम सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परिक्षण कार्यक्रम सुरु भएको छ । नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजना गरेको तालीम शुक्रबारदेखि काभ्रे पनौतीस्थित डाइमन्ड हिल रिसार्टमा सुरु भएको हो । कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी नेप्से, सीडीएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधि तथा आर्थिक पत्रकारलाई स्वागत गर्दै नाफिजका उपाध्यक्ष परमेश्वर अधिकारीले पुँजी बजारको बिषयमा रिपोर्टिङ गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

‘आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सेयर बजारका विभिन्न निकायसँग गरिएको यो सहकार्य अत्यन्त महत्वपुर्ण छ । आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिनेछौं,’ उनले भने, ‘यो कार्यक्रमले पुँजी बजारमा रिपोर्र्टिङ गर्दै आएका तथा इच्छुक पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपुर्ण योगदान दिने विश्वास पनि गरेका छौं ।’

शुक्रबारको पहिलो सत्रमा ‘धितोपत्र बजार सञ्चालकको भुमिका, नेप्से, लगानीकर्ता, ब्रोकर, सुचिकृत कम्पनीको सम्बन्ध, धितोपत्र औजार (सेयर, ऋणपत्र, डेरिभेटीभ्स, इन्ट्रा डे ट्रेडिङ, सेटलमेन्ट ग्यारेन्टी फन्ड, अक्सन मार्केट, सेयर बजार इन्डेक्स, नेप्से ५० इन्डेक्स फन्ड’ विषयमा नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले प्रशिक्षण दिए ।

यस्तै, शनिबारको पहिलो सत्रमा ‘केन्द्रीय निक्षेप तथा राफसाफ सेवा विद्यमान अवस्था, सम्भावना र चुनौतीको विषयमा पत्रकारलाई प्रशिक्षण दिइने छ, जुन सत्रलाई सीडीएस एन्ड क्लियरिङका सहायक प्रवन्धक योगराज जोशीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

शनिबारको दोस्रो शत्रमा ‘धितोपत्र व्यवसाय, बिक्री प्रबन्धक, प्रत्याभुतिकर्ता, सिमित र पुर्ण कार्य गर्ने ब्रोकर, स्टक डिलर, लगानी व्यवस्थापन, सामूहिक लगानी योजना, वैकल्पिक लगानी कोष, धितोपत्र व्यवसायको चुनौती’ को विषयमा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष सरिता अधिकारीले प्रशिक्षण दिने कार्यक्रम छ ।

शनिबारको तेस्रो तथा अन्तिम शत्रमा नेप्सेका सहायक प्रबन्धक मुराहरी पराजुलीले ‘स्टक मार्केट रिपोर्टिङः सेयर बजारको समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु’ विषयमा प्रशिक्षण दिनेछन् । त्यसपछि समापान समारोह गरेर कार्यक्रम समापन गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्