Skip to content
Shikhar Insurance
National Life

पीएफसी आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्जय कपालीले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार स्वर्ण जितेका छन् ।

पुरानो सिनामंगल– ३२ स्थित टाउन प्लानिङमा भएको फाइनलमा सञ्जयले बविन केसीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गरे । पिस फिट्नेस सेन्टर (पीएफसी) द्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्समा उमेश धिताल र राजेन्द्र थापाको जोडीले फाइनलमा श्याम थापा र रुपेन गुरुङको जोडीलाई सीधा सेटमा २१–१२ र २१–१९ ले हराए ।

भेट्रान डबल्स पुरुष ५० वर्षमाथि पिताम्बर तिम्सिना र प्रकाश थापाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा भोला वाग्ले र सुवास प्रसाईंको जोडीलाई २१–१२ र २३–२१ ले पाखा लगाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे । असोज २५ गतेदेखि विजयीदशमीको उपलक्ष्यमा आयोजित प्रतियोगितामा ३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं आन्तरिक ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेका थिए । पुरस्कार बितरण कार्यक्रममा नेपाल सरकारका सचिब तोयम रायमाझी, नेपाल ओलम्पिक कमिटीका सहमहासचिब पिताम्बर तिम्सिना, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, शसस्त्र प्रहरी बलका डिआइजी दुर्गा भट्टराइ तथा नेपाल खेलकुद महाँसंघका कोषाध्यक्ष उज्जल सुबेदीको उपस्थिते थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्