Skip to content
Shikhar Insurance
National Life

पार्टी आधिकारिकताका सबै प्रमाण हामीसँगै छः नेपाल

Hyundai
NCELL
NIMB

मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  माधव-प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गरेका छन् । बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने नेपालको धारणा रहेको छ ।

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको, आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने समेत बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता नेपालको उक्त धारण आएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्