Shikhar Insurance
National Life

पाँच महिनामा २० वाणिज्य बैंकको नाफा साढे ३० अर्ब बढी, नबिल, ग्लोबल, एनआईएमबी ‘टप थ्री’ मा

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । पाँच महिनामा २० वाणिज्य बैंकले ३० अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि मंसिरमसान्तसम्मा  ३० अर्ब ५९ करोड ३१ लाख नाफा आर्जन गरेका हुन् ।

नबिल बैंकले ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । धेरै नाफा कमाउने बैंकहरुको दोस्रो नम्बरमा भने ग्लोबल आइएमई बैंक रहेको छ, जसले पाँच महिनामा २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा कमाएर तेस्रो स्थान सुरक्षित गरेको छ भने लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड ३० लाख रुपेयाँ नाफा कमाएर चौथो स्थानमा पर्न सफल भएको छ ।

पाँच महिनामा प्राइम कमर्सियल बैंक १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेर पाँचौ स्थानमा परेको छ । एभरेष्ट बैंकले पाँच महिनामा १ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशिया बैकले सो अवधिमा ६३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सो अवधिमा कुमारी बैकले ८२ करोड ७४ ला रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले ५ महिनामा १ अर्ब ३३ करोड बढी नाफा कमाएको छ ।

त्यस्तै, एनएमबिले पाँच महिनामा १ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको छ भने प्रभु बैंक लिमिटेडले १ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ भने नेपाल एसविआई बैंककले १ अर्ब ३४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने पाँच महिनामा ८६ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । सिटिजन्स बैंकले पाँच महिनामा ६९ करोड ४९ लाख रुपौयाँ नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले पाँच महिनामा ८२ करोड ७४ लाख रुपैयाँ नाफा कमाउँदा नेपाल बैंक लिमिटेडले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आजैन गरेको छ ।

सिद्धार्थ बैंकले १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाउँदा सानिमा बैंकले सो अवधिमा ९० करोड ४१ लाख लाख रुपैयाँ नाफा कमाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्