Skip to content
Shikhar Insurance
National Life

पाँचौं बर्ष लाग्यो कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ, यस्ता छन् उपलब्धि

Hyundai
NCELL
NIMB

काठमाडौं । कान्छो जीवन बीमा कम्पनीका रुपमा २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड पाँचौं बर्ष प्रवेश गरेको छ । कम्पनीले कारोबार संचालनको चार वर्ष पुरा गरि पाँच बर्ष प्रवेश गरेको हो । कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्दाका चुनौतीलाई पार गर्दै चुस्त र सबल कम्पनीका रुपमा अघि बढिरहेको कम्पनीका सिईओ रमेश कुमार भट्टराई बताउँछन् ।

नेपालको जीबन बीमा बजारमा देखा परेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विश्वसनियता बृद्धिलाई प्राथमिकतामा राखेको उनी बताउँछन् । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान लिएर कम्पनीले देश दौडाहा गरेको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएको बताएको छ । त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको सिईओ भट्टराई बताउँछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को पुस मसान्तको तुलनामा चालु आव २०७९।८० को पुस मसान्त सम्ममा चुक्ता पूँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको लागि अगाडी बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्