Shikhar Insurance
National Life

पाँचखालका बिरामीलाई नि:शुल्क रगत

सिंहदरबार संवाददाता
२०८१ पुष २८, आईतवार ११:१४
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार नि:शुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको हाे ।

नगरवासीलाई नि:शुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षरगरेका हुन् । सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा नि:शुल्क रगत उपलब्ध गराइने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । नि:शुल्क सेवाका लागि नगरले अग्रिम रु तीन लाख रक्त सञ्चार सेवालाई दिनुपर्ने छ । ‘यो सम्झौताले नगरवासीमा राहत पुग्ने विश्वास लिएका छौँ’, खरेलले भने ।

नगर प्रमु्ख खरेलले कम्तीमा रु एक करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा ५० हजार बीउपुँजीको व्यवस्था गरेका छन् । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न २५ हजार उपलब्ध गराउने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्