Skip to content
Shikhar Insurance
National Life

पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

Hyundai
NCELL
NIMB

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्