Skip to content
Shikhar Insurance
National Life

पर्सा प्रहरीले एक वर्षमा बरामद गर्‍यो साढे ३४ करोडको अवैध सामान

Hyundai
NCELL
NIMB

पर्सा । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले ३४ करोड बढीको भन्सार छली गरेका सामान बरामद गरेको छ । नेपाल नं १३ गणले गत आर्थिक वर्षमा ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल१३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ९ करोड ८९ लाख ३७ हजार तीन सय ८२ मूल्य पर्ने सामान तथा उपकरण बढी बरामद गरेको बताए । ‘भन्सार छली गरेर भित्रिएका सामानलाई पक्राउ गरेर भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ’, उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,’बिलबीजकअनुसार नभएका सामानसहितका मालवाहक सवारीसाधनलाई भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।’ सोही कार्यालयले आवश्यक अनुसन्धान गर्ने गर्छ’, सशस्त्र प्रहरी बल पर्साले आव २०८०/८१ मा भन्सार छली गरेर भित्रिएका १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरकाअवैध समान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

सोही अवधिमा बिलबीजकअनुसार नभएका १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । सशस्त्र प्रहरीले आव २०७९/८० भने २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य पर्ने अवैध सामान बरामद गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE