Skip to content
Shikhar Insurance
National Life

पर्सामा १० महिनामा ४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

Hyundai
NCELL
NIMB

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी ६ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले दिएका हुन् । उनले त्यसरी पक्राउ गरिएका सामानलाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, गत चैत महिनामा रु पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा रु पाँच करोड ४३ लाख, भदौ महिनामा चार करोड ५४ लाख, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा २ करोड ३२ लाख मूल्यपर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी गत मङ्सिर महिनामा ३ करोड ८३ लाख, पुस महिनामा ३ करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा ३ करोड ३१ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा भने ४८ करोड ९ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरका सामान बरामद गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE