Skip to content
Shikhar Insurance
National Life

पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाको जोड

Hyundai
NCELL
NIMB

गण्डकी । पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाले सुविधा सम्पन्न यातायात सेवा पर्यटकीय विकासको आधारभूत आवश्यकता भएकामा जोड दिएका हुन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधा सम्पन्न यातायात सेवा दिनु जरूरी रहेको भन्दै यातायात व्यवसायीहरूले मागअनुसार स्तरीय सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताए । पर्यटक यातायातका माध्यमबाट एनटिभिएले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका समेत उनको भनाइ थियो । सरकारले व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि पर्यटक यातायात सञ्चालनका क्रममा आउने जोखिम न्यूनीकरण गर्न व्ययभारको जिम्मा बीमा कम्पनीले लिने नियम बनाउन र भलाई कोषको स्थापना गर्न आवश्यक रहेकामा पनि यहाँले जोड दिए ।

एनटिभिए गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवं सल्लाहकार बोबरजङ्ग गुरुङले निजी र पर्यटक सवारीसाधनको आयु २० वर्ष तोकिनुले स्तरीय सवारीसाधन भएका व्यवसायी मर्कामा परेको भन्दै सो नीति परिवर्तन गर्नुपर्ने धारणा राखे । एनटिभिए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दहालले पर्यटक यातायात सेवालाई अझै प्रभावकारी बनाउनेमा संस्था लागिरहेको बताए ।

त्यसअवसरमा संस्थाले प्रकाशन गरेको पर्यटक यातायात सवारीसाधनको दररेटसहितको वार्षिक पात्रो लोकार्पण गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्