Skip to content
Shikhar Insurance
National Life

परीक्षण नगराउँदा जोखिम बढ्दै

Hyundai
NCELL
NIMB

सिरहा । जिल्लाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ । ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतिजा नआउँदासम्म अलग रहन पटक पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आएपनि बिरामी जचाउँन स्वास्थ्य चौकी सम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

सिरहा अस्पतालमा कोभिड १९ को निःशुल्क पिसिआर परीक्षण हुँदै आएपनि ग्रामिण भेगका सर्वसाधारण लक्षण देखिएपनि परिक्षण गराउन आनाकानी गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको प्रमुख यादवको भनाइ छ ।

कोभिड १९ को दोस्रो लहर शुरु भएयता सिरहामा हालसम्म एन्टिजेन विधिबाट २७२ र पिसिआर विधिवाट २ हजा ९९७ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएका बाहेक सिरहामा ८६९ सक्रिय सङ्क्रमित छन् ।

कोभिड १९ को सङ्क्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको छ । पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो । हाल सिरहामा दैनिक ६० जना औसतमा सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्