Skip to content
Shikhar Insurance
National Life

न्युनतम मूल्य २ सय ५ रुपैयाँमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार अग्रवालको नाममा रहेको ५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले सेयरको प्रतिकित्ता न्युनतम मूल्य २ सय ५ रुपैयाँ तोकेको छ । उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी यस कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

तोकिएको म्याद भित्र संस्थापक शेयरधनीहरुबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्