Skip to content
Shikhar Insurance
National Life

नोटको ब्रिकेट बनाएर बिक्री गर्दै राष्ट्र बैंक, अबौं रुपैयाँ जलाएर आगो ताप्न पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचलतीमा आउन अयोग्य ठहर भएका झुत्रा नोट टुक्राएर बनाइएको ब्रिकेटको बिक्री शुरु गरेको छ । यस्ता नोटलाई गत भदौदेखि नै टुक्राएर ब्रिकेट बनाउन शुरु गरेको केन्द्रीय बैंकले पुस १५ गते ४५ दिने सूचना सार्वजनिक गर्दै खरिदको लागि बोलकबोल पेश गर्न आह्वान गरेको हो।

बैंकको मुद्रा व्यवस्थापन विभाग सहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले वार्षिक २ लाख ७५ हजार केजी नोटको ब्रिकेट उत्पादन गर्ने उल्लेख गरिएको छ । उत्पादित ब्रिकेट खरिद गर्न चाहने इच्छुकले बैंकले फागुन एक गतेसम्म विभाग वा प्रादेशिक कार्यालयहरूमा बोलकबोल पेश गर्न सक्ने छन् ।

राष्ट्र बैंकले गत भदौ महिनादेखि बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) बाट पूराना नोटलाई धुल्याएर ब्रिकेट बनाउन थालेको थियो । जसको औपचारीक उद्घाटन भने केन्द्रीय बैंकको विराटनगर प्रादेशिक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले फागुनमा गरेका थिए ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत् स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिन थालिएसँगै सो बिक्रीको प्रक्रिया समेत राष्ट्र बैंकले थालेको हो । बैंकले प्रतिवर्ष करिब ४०–४५ अर्ब रुपैयाँ बराबरको पुराना नोट नष्ट गर्ने गर्दछ। यसअघिसम्म यस्ता पुराना पुन चलनचल्तीमा ल्याउन नमिल्ने नोट जलाएर नष्ट गरिन्थ्यो ।

नोटबाट उत्पादित यस्तो ब्रिकेटलाई इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजन समेतमा उपयोगी हुनेका साथै जाडोमा आगो ताप्न, सेकुवा पोल्न समेत प्रयोग गर्न सकिन्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्