Skip to content
Shikhar Insurance
National Life

नेसनल हाइड्रोपावरले तोक्यो हकप्रदको बुकक्लोज

Hyundai
NCELL
NIMB

काठमाडौं। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे बुधबार बसेकाे सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि असार १ गते बुकक्लोज मिति तोकेको छ।

बुकक्लोज अनुसार हाइड्रोपावर कम्पनीको हकप्रदमा जेठ ३२ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन्।

उक्त कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ अंकित दरको १ करोड ६४ लाख ४२ हजार ९१९.४३५५ कित्ता साधारण सेयरको १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसाले हुन आउने ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयरका लागि सेयर दर्ता किताब बन्द गर्ने मिति तोके पनि हकप्रद खुला हुने मिति भने सार्वजनिक गरेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्