Skip to content
Shikhar Insurance
National Life

नेष्डो समृद्ध लघुवित्तले गर्याे बम्पर ७३.६८ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

Hyundai
NCELL
NIMB

काडमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।

लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी २५ करोड २५ लाख रुपैयाँको ७३.६८ प्रतिशतका दरले हुन आउने १८ करोड ७८ लाख ९४ हजार रुपैयाँ बराबरको लाभांश घोषणा गर्न लागेको हो । जसमध्ये ५० प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख बराबरको बोनस सेयर रहेको छ भने २३.६८ प्रतिशतका दरले हुन आउने ६ करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको (कर प्रयोजन सहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्