Skip to content
Shikhar Insurance
National Life

नेशनल लाईफको ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप’ सम्पन्न गरेको छ ।कम्पनीले सेवाग्राहीलाई  प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले साे कार्यक्रम आयोजना गरेको हाे ।

विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् ।

उनले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरिन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।

यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।

कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आफूलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहजिकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्