Skip to content
Shikhar Insurance
National Life

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १४.५० प्रतिशत लाभांश घोषणा, बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । इन्स्यारेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ८ प्रतिशत लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सको २०७९ चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३ज्ञ हजार ८७५ रुपैयाँको ८ प्रतिशतका दरले हुन आउने ३७ करोड १२ लाख ३४ हजार ५५० रुपैयाँ बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ६.५ प्रतिशतका दरले हुन आउने ३० करोड १६ लाख २८ हजार ७२ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्