Skip to content
Shikhar Insurance
National Life

नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य समायोजन, सोमबार कतिमा खुल्ला कारोबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ। नेप्सेमा लघुवित्तको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोनज भएको हो ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समायोजनपश्चात लघुवित्तको सेयर मूल्य १ हजार २४७ रुपैयाँ ८३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज सोमबार दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्