Skip to content
Shikhar Insurance
National Life

नेशनल माइक्रोफाइनान्सले गर्यो ३८.५% बोनस घोषणा, नगद कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतका दरले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्त गरेका कारण लाभांश कर छुट हुने व्यवस्थाले गर्दा हाल कर प्रयोजनार्थका लागि कुनै रकम छुट्याइएको छैन।

कम्पनीको माघ ९ गते विहान बसेको सञ्चालक समितिको १४१औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्