Skip to content
Shikhar Insurance
National Life

नेविसंघको ‘मुर्दावाद’ नारा महानगरपालिकाले मेटायो

Hyundai
NCELL
NIMB

काठमाडौँ । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको अभद्र नारा काठमाडौँ महानगरपालिकाले मेटाइदिएको छ । ‘२०५८ सालदेखि हामीले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ,’ काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘त्यहि बेलादेखि काठमाडौँ महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौँ । त्यहि अनुसार नै ती अभन्द्र नारा मेटाएका हौँ ।’

कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौँ महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभन्द्र नारा लेखेर विरोध गरेका थिएँ । ‘२०७० सालमा आएर हामीले ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ,’ सापकाटोले भने, ‘त्यसै अनुरुप हामीले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ । त्यसमा सचेत छौँ र कार्यान्वयन पनि गर्दै आएका छौँ ।’

उनले आजका दिनमा आएर भित्तामा चित्र बनाउने कुराहरु दुर्लभ भएको बताए । ‘भित्ते लेखनमै हामीले प्रतिबन्ध गरेका छौ भनेपछि त्यो वा ऊ भनेर व्यख्या गर्न आवश्यक भएन,’ उनले भने, ‘प्रतिबन्धित ठाउँमा कसैले जानेर वा नजानेर त्यस्ता कार्य गर्छ भन्ने हामी तत्काल रोक लगाउँछौँ । केही दिन अघि पनि हामीले त्यहि स्थानमा कोरेका चित्र मेटाएका हौँ । आजका अभन्द्र नारा पनि मेटाइदियौँ ।’

उनले कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उनले जानकारी दिए । ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीति अनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’

उनले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक–पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिए । ‘कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति सम्मान गर्दै आज उनहरुले भित्तेचित्र बनाउनुभयो,’ सापकोटाले भने, ‘भोलि राजनीतिक दल, भ्रातृ संगठन र अन्य संघ–संस्थाले पनि उहाँहरुले बनाउनुभयो हामीले पनि बनाउन पाउनुपर्छ भन्ने आउनुभयो भने के भन्ने । त्यसैले यो प्रतिबन्धित काम हो । कसैले गर्न पाउँदैनन् ।’नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै लेखेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्