Skip to content
Shikhar Insurance
National Life

नेप्से ९४.९२ अंकले बढ्दा २ दर्जन कम्पनीमा पोजेटिभ सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयदेखि घटिरहेको सेयर बजारमा आइतबार (आज) सुधार देखिएको छ । बजार विकास र सुधारकाा लागि नेपाल धितोपत्र बोर्ड र लगानीकर्ताहरु विच १९ बुदे सहमति भएसँगै नेप्सेमा सुधार आएको हो ।

शुक्रबार धितोपत्र बोर्ड र लगानीकर्ताविच सहमति भएको थियो । सोहि दिन नै नेप्से परिसुचक दोहोरो अंकले बढेर बन्द भएको थियो । शुक्रबारको बढ्ने क्रमलाई निरन्तरता दिदै साताको पहिलो दिन नेप्से परिसुचक ९४.९२ अंकले बढेर १९५६.९८ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स पनि १७.९३ अंकले बढेर ३८२.८४ को विन्दुमा बन्द भएको हो । आईतबार नेप्से परिसुचक ९४.९२ अंकले बढ्दा दुई दर्जन कम्पनीको सेयरमा पोजेटिभ सर्किट लेभलमा कारोबर भएको छ ।

नेसनल हाईड्रो पावर कम्पनी, सिटीजन इन्भेष्मेन्ट, हिमालयन डिस्टिलरी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, प्रोगेसीभ फाईनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाईनान्स, हाईड्रोइलोक्टिसिटी इन्भेष्मेण्ट बैंक, स्यानेराग्या पावर डेभलपमेन्ट, घलेमदी हाईड्रो, यूनिभर्सल पावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, यूनियन हाईड्रोपावर, साप्तकोशी डेभलपमेन्ट बैंक, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल रि ईन्स्योरेन्स कम्पनी, एनआरएन इन्फाइन्टक्चर एण्ड डेभलपमेन्ट, ग्रीन ईन्स्योरेन्स कम्पनी, सानीमा जनरल ईन्स्योरेन्स, सानीमा लाईफ ईन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाईड्रोपावर कम्पनी र छायनगडी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

दिनभरीमा २३० स्क्रिप्टका ६३ लाख ६३ हजार ५ सय ९० बित्ता सेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्रि भए । नेप्सेमा बढेसँगै कारोबार रकम पनि बढेको छ ।

कारोबार रकमको आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । बैंकको ८ करोड ६४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भए । तेस्तै हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख ९२ हजार, न्यादी ग्रुपपावर कम्पनीको ८ करोड ३३ लाख ५३ हजार,नबील बैंकको ६ करोड ७६ लाख २७ हजार र सिभम सिमेन्टको ५ करोड ४१ लाख ७० हजार रुपैयाँको कारोबार सहित शीर्ष पाँच भित्र छ ।

आज कारोबारमा आएका १९५ वटा कम्पनीहरु बढेका छन् । नेप्सेमा उत्साह छाएको दिन समुहगत उपसुचकहरु सबै हरिया भएका छन् । सबैभन्दा बढी लगानी उपसुचकको ८.८७ प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्