Skip to content
Shikhar Insurance
National Life

नेप्से सूचकाङ्क २७४८.७९ बिन्दुमा कायम, २ सय ६७ कम्पनी सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । २०८१ कात्तिक मसान्तमा नेप्से सूचकाङ्क २७४८.७९ बिन्दुमा कायम भएको छ । २०८० कात्तिक मसान्तमा यस्तो सुचकाङ्क १८५२.०९ रहेको थियो । २०८१ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड कायम भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५२ अर्ब १ करोड रहेको थियो ।

२०८१ कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय २९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ६४ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांक अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ कात्तिक मसान्तमा सूचीकृत ८ अर्ब ४६ करोड सेयरको चुक्ता मूल्य ८३४ अर्ब ७४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१र८२ को ४ महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, ३ अर्ब ६७ करोड बराबरको बोनस सेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल ७ अर्ब ५८ करोड बरावरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ५ अर्ब ८९ करोड बराबरको हकप्रद सेयर र १ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ७ अर्ब ७९ करोड बराबरको धितापत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्