Skip to content
Shikhar Insurance
National Life

नेप्से सामान्य अंकले घट्दा कारोबार रकम भने ४ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । कारोबारको सुरुदेखि निरन्तर बढीरहेको नेप्से परिसूचक २ बजेर ४३ मिनेटबाट भने घट्न थालेको थियाे । गत साततादेखि निरन्तर बढेकाे सेयर बजार आज भने घटेकाे हाे ।

कारोबारमा आएका ७१ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

दिनभरीमा २३४ स्क्रिप्टका १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँमा खरिदबिक्रि भए । नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने उल्लेख्य रहेको छ । जुन ३.४ महिना यताकै उच्च कारोबार हो ।

यसदिन सिवाईसी लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा काोबार भएको छ ।

साताको दोस्रो कारोबारको दिन नेप्से ९.७५ अंकले घटेर २,०७६.६७ को विन्दुमा बन्द भएको छ । त्यसैगरि सेन्सिटिभ इण्डेक्स २.६८ अंकले घटेर ३९६.१५ को विन्दुमा बन्द भएको हो ।

कारोबार रकमको आधारमा शिवम सीमेन्टको सेयर सर्वाधिक कारोबार भयाे । कम्पनीको १७ करोड ५८ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्रि भएको छ । त्यस्तै हिमालयन डिस्टिलरी कम्पनीको १६ करोड ९० लाख ५१ हजार रुपैयाँ, एशीयन लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ९६ लाख ६७ हजार रुपैयाँ, अरुण काबेली पावर कम्पनीको ११ करो ७८ लाख ८६ हजार रुपैयाँ र अपर तामाकोशी हाईड्रोपावर कम्पनीको ११ करोड ६७ लाख ३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिबक्रि भएको छ ।

समूहगत उपसूचकहरु ९ वटा घटेका छन् भने ४ वटा बढेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्