Skip to content
Shikhar Insurance
National Life

नेप्से र कारोबार रकम दुवै घट्यो, नबील बैंकको सर्वाधिक ३ करोड बढी कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३६ लाख, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ करोड ११ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख र शिवम् सिमेन्टको २ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक १२.५८ अंक घटेर १९०८.६६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८० करोडको सेयर कारोबार भएको बजारमा यस दिन २८७ कम्पनीको ४८ हजार ४४४ पटकको कारोबारमा १ अर्ब १७ करोड १ लाख रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ६६ कम्पनीको सेयर मूल्य बढेको छ । १५८ कम्पनीको घटेको छ भने, १० कम्पनकिो सेयर मूल्य स्थिर छ ।

सोमबार सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.८८ प्रतिशत बढेको छ। अन्य कम्पनीको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको दुई स्टकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्