Skip to content
Shikhar Insurance
National Life

नेप्से परिसूचक २८.५९ अङ्कले घट्यो, काराेबार रकम १ अर्ब ९२ कराेड

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८.५९ अङ्कले घटेर २,०७७.५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न २६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ०.०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २७४.६४ र जीवन बीमा समूहको उपसूचक २२२.५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९.९६, लगानी ०.७१ र उत्पादन तथा प्रशोधन समूह ७६.७७ अङ्कले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४.०९, व्यापार ४४.८३ र अन्य समूह १५.१९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड ७४ लाख तीन हजार आठ सय ८५ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता सेयर किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्