Skip to content
Shikhar Insurance
National Life

नेप्से परिसूचकमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो कारोबारको दिन सामान्य अंकले घटेको सेयर बजार सोहि क्रमलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २६.५६ अंक घटेर २,०६४.८३ को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.३६ अंकले घटेर ३८८.०२ को विन्दुमा बन्द भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार ४ अर्ब ७४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर ४ अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएको २८ कम्पनीको सेयर मूल्य बढेको छ । १९३ कम्पनीको घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । बैंकको २० करोड ५७ लाख ५३ हजार ९ सय ६१ बराबरको कारोबार भएको हो ।

यस्तै, शिवम् सिमेन्ट १९ करोड ४४ लाख २७ हजार तीन सय २१, हिमालयन डिस्टिलरी १३ करोड ५९ लाख ८८ हजार तीन सय ७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १२ करोड ६० लाख ६९ हजार एक सय ८६ र शिव श्री हाइड्रोपावर ११ करोड ५७ लाख दुई हजार दुई सय ३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, इन्ग्वा हाइड्रोपावर ९.९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ३.८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले ३.८४ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिक नेपाल लघुवित्त ९.९९,सानिमा इक्विटी फण्ड ८.८९, माहुली लघुवित्त ७.४८,मल्टिप्रपोज फाइनान्स ६.३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ६.० प्रतिशतले सेयर मूल्य गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्