Skip to content
Shikhar Insurance
National Life

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.०६ अङ्कले ओरालो लागेर २०४९.३८ मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले ओरालो लागेर ३८२.१६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्य उकालो लाग्दा ७ उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता शेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भएका छन् ।

नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ५६ लाख ४२ हजार एक सय २१ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९७ लाख ५२ हजार छ सय, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ३६ लाख ८३ हजार चार सय २८, सिटी होटल १४ करोड ७३ लाख  ६१ हजार नौ सय ४५, सोल्टी होटल १० करोड ६९ लाख नौ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी नौ दशमलव ८५, जोशी हाइड्रोपावर नौ दशमलव ३३, पिपल्स पावरका लगानकर्ताले ७.६३ प्रतिशतले कमाएका छन् ।

यस्तै, मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर ५.६७, सिनर्जी पावर ४.६२, बिपीडब्ल्यू लघुवित्त ४.४० र कालिका पावर कम्पनीका लगानीकर्ताले  ३.९२ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्