Skip to content
Shikhar Insurance
National Life

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८.१४ अङ्कले उकालो लागेर २०६०.४९ मा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५६ अङ्कले उकालो लागेर तीन सय ९० दशमलव ६३ मा पुगेको छ। कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ ।

कूल २ करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता सेयर ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ५६ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार, कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको २६ करोड २६ लाख ७४ हजार चार सय ७२ बराबरको कारोबार भएको छ ।

सोनापुर मिनरल्स २० करोड २८ लाख ४६ हजार दुई सय १४, सोल्टी होटल १८ करोड ४३ हजार ४७ हजार, शिवम् सिमेन्ट १६ करोड ८३ लाख ९६ हजार पाँच सय ९७ र घोराही सिमेन्ट १४ करोड ३३ लाख २० हजार छ सय ६२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, हिमालयन पावर पाटनर्स ७.८६, डोल्टी पावर कम्पनी ६.५७, अप्पर स्याङ्गे हाइड्रोपावर ५.३९, मोदी इनर्जी ४.६२ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्