Skip to content
Shikhar Insurance
National Life

नेप्सेसँगै बढ्यो कारोबार रकम, हिमालयन बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको सेयर बजार यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ९४ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २८५ कम्पनीको ४० हजार ६०० पटकको कारोबारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ८.१६ प्रतिशत बढेको छ। त्यस्तै, सोनापुर मिनरल्सको ५.२८ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सको ५.०३ प्रतिशत सेयर मूल्य बढेको छ। यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.२६ प्रतिशत घटेको छ। कारोबारमा आएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ५.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ३९ लाख र सोल्टी होटलको ३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.१८ प्रतिशत घटेको हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्