Skip to content
Shikhar Insurance
National Life

नेप्सेसँगै बढ्यो कारोबार रकम, साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १० अंक बढेर बन्द भएको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.७३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८० अंक बढेको छ।

नेप्सेका अनुसार सोमबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सर्वाधिक ७.७२ प्रतिशत घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज २७८ कम्पनीको ३७ हजार ७९९ पटकको कारोबारमा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको ४७ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। कम्पनीको ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो, त्यस्तै, एभरेष्ट बैंकको करिब ६ करोडको सेयर खरिदबिक्री भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, विकास बैंक, उत्पादन तथा प्रशोधन, जीवन बीमा र निर्जिवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्