Skip to content
Shikhar Insurance
National Life

नेप्सेसँगै बढ्यो कारोबार रकम, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) २१.२९ अंकले बढेको छ । पछिल्लो ५ कारोबारको दिनदेखि ओरालो लागेको नेप्से, यस दिन भने बढेको हो। अघिल्लो दिन १०.५४ अंकले घटेर बन्द भएको नेप्से सोमबार  २१.२९ अंकले बढेर १,९०४.४५ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.५१ अंकले बढेर ३७५.०४ को विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिन ७७ करोड ४९ लाख ११ हजार रुपैयाँमा सीमित रहेको नेप्से सोमबार कुल २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर १७ हजार ७६५ पटक खरिदबिक्री हुँदा ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्से र कारोबार रकम दुबै बढेको हो ।

यसदिन कारोबारमा आएको १४८ कम्पनीको सेयर मुल्य बढेको छ । ३१ कम्पनीको घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ९६ लाख ४३ हजार रुपैयाँ बरारबको कारोबार भएको हो ।

त्यसैगरि, हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख ५ हजार, न्यादी ग्रुप पावरको ७ करोड ८३ लाख ४५ हजार, गोर्खाज फाइनान्सको २ करोड ५३ लाख १० हजार र नेष्डो समृद्धि लघुवित्तको २ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

तारागाँउ रिजेन्सी होटलको सेयर सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेण्ट बैंकको ८.३९ प्रतिशत, बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीको ७.२९ प्रतिशत, रिभर फल्र्स पावर कम्पनीको ७.२५ प्रतिशत र लिर्वटी इनर्जी कम्पनीको ६.६७ प्रतिशतले सेयर मुल्य बढेको छ । भने, लक्ष्मी इक्वटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ६.५८ प्रतिशतले गुमाएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्