Skip to content
Shikhar Insurance
National Life

नेप्सेले गर्याे दुई कम्पनीको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले उपकार लघुवित्त वित्तीय संस्था र अपि पावरको सेयर मूल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने अपि पावरको ७.५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपश्चात उपकार लघुवित्तको सेयर मूल्य २ हजार ३१० रुपैयाँ ३६ पैसा कामय भएको छ भने अपि पावरको २६६ रुपैयाँ ५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार उपकार लघुवित्तको सेयर प्रतिकित्ता ३ हजार ७३७ रुपैयाँ र अपि पावरको २८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्